Shikhar Insurance
National Life

आईएमई लाइफको प्रिमियम आईपीओमा आवेदन खुल्यो, कति मूल्य ?

सिंहदरबार संवाददाता
२०८० असार २१, बिहीबार ०७:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यको आइपीओमा आवेदन खुलेको छ । कम्पनीले प्रति कित्ता २३६.९१ रुपैयाँको आईपीओ सर्वसाधारणका लागि बिक्रि खुला गरेको हो । यो बीमा क्षेत्रकै पहिलो प्रिमियम मूल्यको आईपीओ हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिसेयर १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २३६ रुपैयाँ ९१ पैसामा सेयर निष्काशन गर्न अनुमति दिएको थियो ।

कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, निष्काशन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्