Skip to content
Shikhar Insurance
National Life

एसआईपी इन्भेस्टमेन्टका लागि एनएमबी क्यापिटलबाट पेमेन्ट गर्न सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबी क्यापिटल लिमिटेडको एसआईपीअन्तर्गत एकाइधनीहरुले अब एकपटक सेटअप गरेको आधारमा भुक्तानी सेडुल गरी एसआइपीमा लगानी गर्न सक्ने भएका छन् ।

एनएमबि क्यापिटल र एनसीएचएलबीच भएको सम्झौताअनुसार एनएमबी क्यापिटलका एकाइधनीहरुले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम एकपटक अनलाइन इ–म्यान्डेट भरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

एनएमबी क्यापिटलको एसआईपीअन्तर्गत खुलामुखी योजनाअनुसार मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ । लगानीको बानी विकास गर्ने गरी, ससानो रकमको लगानी समेतमा कम्पाउण्डिङ्ग रिटर्नको लाभ लिन मिल्ने गरी एसआईपीमा लगानी गर्न सकिन्छ । आफूले चाहेअनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिने हुँदा, एसआइपीमार्फत लगानी गर्नेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ ।

एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्वीचअन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको ई–म्याडेटमार्फत कुनै पनि किसिमको अनुसूचित पेमेन्टलाई एक पल्टको सेटअपको आधारमा अटोमेट गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्