Skip to content
Shikhar Insurance
National Life

भक्तपुरको गट्ठाघरमा सीजीकाे २३औं शोरुम

Hyundai
NCELL
NIMB

काठमाडाैं । चौधरी ग्रुपको विद्युतीय सामग्रीको नयाँ तथा मल्टी ब्रान्ड शोरुम सीजी डिजिटलको २३औं शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ। एमालेका पूर्वसांसद महेश बस्नेतले बुधबार शोरुमको उद्घाटन गरेका हुन्।

सीजी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टिसिएल, गोदरेज, सेन्सेइ, बेको, केन्ट क्रम्पटनलगायतका घरायसी विद्युतीय सामग्रीहरू रहने बताइएको छ।

भक्तपुरको स्थानीय बजारमा आफ्ना सामानहरूको प्रदर्शन र सुपत मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रियस्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्यसहित उक्त शोरुम सञ्चालन गरिएको कम्पनीले बताएको छ।

शोरुम हप्ताको सातै दिन बिहान १० बजेदेखि साँझ ७ः३० बजेसम्म सञ्चालन हुनेछ। कम्पनीका अनुसार शोरुम ओपेनिङको अवसरमा विशेष छुट पनि दिइरहेको छ।

शून्य प्रतिशत किस्ताबन्दी, फ्री गिफ्टका साथै एक्सचेन्ज अफरको सुविधासमेत उपलब्ध रहेको कम्पनीले बताएको छ। चौधरी ग्रुपले काठमाडौंलगायत इटहरी, हेटौंडा, भरतपुर, विराटनगर र पोखरामा पनि सिजी डिजिटल शोरुम सञ्चालन गरिरहेको छ।

आगामी दिनमा अझै धेरै शाखाहरू देशका विभिन्न सहरमा विस्तार गरिने पनि कम्पनीको भनाइ छ।

GBIME

प्रतिक्रिया दिनुहोस्