Shikhar Insurance
National Life

ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

सिंहदरबार संवाददाता
२०८० असार २०, बुधबार १५:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा नियम उल्लङ्न गरेको आरोपमा ट्राफिक प्रहरीले दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्न गर्ने दुई हजार दुई सय तीन सवारीसाधन र चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार मापसेमा ६९, लेन उल्लङ्नमा एक सय २०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ सवारी चालक कारबाहीमा परेका छन् । यसैगरी प्रष्ट देख्ने नम्बर प्लेट नराख्नेमा २१, उच्च गतीमा सवारी चलाउनेलाई एक सय ४७ र अन्य एक हजार सात सय ४५ गरी कुल दुई हजार दुई सय तीन सवारी चालकलाई कारबाही गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्