काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भई कारोबार खुलेको केहि मिनेमै मोदी इनर्जी कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । बुधबार स्पेसल प्रि ओपन सेसनमा मोदी इनर्जीको पहिलो कारोबार प्रतिकित्ता २७० रुपैयाँमा खुला भएको हो ।
सोहि मूल्यलाई आधार मानेर नियमित कारोबार सुरु भएको केहि मिनेटमै उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको हो । मंगलबार कम्पनीको चुक्ता पुँजीका आधारमा कायम २ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको ओपनिङ रेन्ज प्रतिकित्ता ९२.५७ रुपैयाँदेखि २७७.७१ रुपैयाँ तोकिएको थियो । ‘एमइएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ।
त्यस्तै, मंगलबार नै नेप्सेमा सूचिकृत भएको रावा इनर्जीको पहिलो कारोबार प्रतिकित्ता २४९.३० रुपैयाँमा खुला भएको छ । सोही मुल्यलाई आधार मानेर कम्पनीको सेयर नियमित कारोबार भएको हो । कम्पनीको सेयर कारोबार खुलेको केहि समयमा नै सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता २४ रुपैयाँ ९० पैसाले बढेर २७४ रुपैयाँ २० पैसा कायम भएको छ ।
मंगलबार रावाको चुक्ता पुँजीका आधारमा कायम कुल २८ लाख कित्ता सेयर नेप्से सूचीकृत भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८३.१० रुपैयाँदेखि २४९.३० रुपैयाँसम्म तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट कारोबार सुरु भएको हो ।
कम्पनीको सेयर कारोबार ‘आरएडब्लुए’ संकेतमा सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्