Shikhar Insurance
National Life

टोखा नगरपालिकाद्वारा खेलकुदतर्फ १ करोड विनियोजन

सिंहदरबार संवाददाता
२०८० असार २०, बुधबार ११:३८
Hyundai
NCELL
NIMB

काठमाडाैं। काठमाडौंको टोखा नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि स्थापना गरेको खेलकुद विकास कोषका लागि एक करोड २५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । टोखाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि टोखाभित्र विभिन्न खेलकुदको विकासका लागि उक्त रकम विनियोजन गरेको हो ।

टोखाले नगरभित्रका घरमा डिजिटल घर नम्बर वितरण गर्ने भएको छ । टोखाले आगामी आवमा नगरपालिकाभित्रका घरमा डिजिटल घर नम्बर वितरण सुरुआतका लागि ५० लाख रूपैयाँ विनियोजन गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए। नगरभित्रका दीर्घरोगीलाई निःशुल्क रूपमा औषधि वितरण गर्नका लागि ५० लाख रूपैयाँ विनियोजन गरेको छ। नेपाल प्रहरी एवं नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा ‘मेयर उज्यालो कार्यक्रम’ तथा ‘जनता सुरक्षा कार्यक्रम’अन्तर्गत सडकबत्ती तथा सिसी क्यामेरा जडानका लागि दुई करोड रूपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख तामाङले बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीलाई सरकारले प्रदान गर्दै आएको रकममा पाँच रूपैयाँ थप गर्नुका साथै कक्षा ७ देखि १० सम्म अध्ययनरत बालबालिकालाई २० रूपैयाँका दरले हुने गरी मेयर दिवाखाजा कार्यक्रमका लागि ७८ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

वडा समितिबाट सिफारिस भई आएका योजना तथा कार्यक्रमका लागि ३१ करोड रूपैयाँ विनियोजन गरिएको उपप्रमुख तामाङले बताए । यस्तै नगर पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत स्थानीयवासीको माग तथा वडा कार्यालयको सिफारिसअनुसार गुणस्तरीय आयोजना पहिचान गरी कार्यपालिकाको निर्णयानुसार कार्यान्वयनका लागि दुई करोड रूपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकामा रहेका घर नक्सासम्बन्धी सम्पूर्ण फाइललाई डिजिटल माध्यमबाट व्यवस्थित गर्न ३० लाख रूपैयाँ, नगरपालिका भित्रका उपयुक्त स्थानमा एक वडा, एक पार्क, एक वडा एक शौचालय, एक वडा एक खुला व्यायमशाला निर्माणका लागि रु एक करोड विनियोजन गरिएको छ।

नगरपालिकाभित्रका विभिन्न खोला खोल्सी नदी नियन्त्रणका लागि एक करोड रूपैयाँ, टोखाभित्र सीपमूलक युवा रोजगारमूलक कार्यक्रम सञ्चालनका लागि एक करोड रूपैयाँ, टोखाभित्रको संस्कृति प्रवर्द्धन, संरक्षण र विकासका लागि संस्कृति संरक्षण कोषका लागि ८० लाख रूपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख तामाङले बताए।

नगरपालिकाले आगामी आवका लागि स्वास्थ्य शाखालाई तीन करोड २५ लाख रूपैयाँ, शिक्षा युवा तथा खेलकुद शाखालाई तीन करोड ५० लाख रूपैयाँ, कृषि शाखालाई ९० लाख रूपैयाँ, महिला तथा बालबालिका शाखालाई ४० लाख रूपैयाँ, पशु सेवा शाखालाई ५५ लाख रूपैयाँ, सहकारी शाखालाई ३० लाख रूपैयाँ विनियोजन गरिएको जनाएको छ ।

टोखाले आव २०८०/८१ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि एक अर्ब ८८ करोड रूपैयाँ विनियोजन गरेको छ । चालुतर्फ ६२ करोड तीन लाख ७० हजार रूपैयाँ र पुँजीगततर्फ एक अर्ब २५ करोड ९६ लाख रूपैयाँ विनियोजन गरेको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्