काठमाडौं । प्रभु क्यापिटल लिमिटेडाले ललितपुरमा मेडिकल चिकित्सकहरुका लागि १ दिने सेयर बजारमा लगानीसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
चिकित्सा पेसामा व्यस्तताका कारण चिकित्सकहरुले पनि सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्देश्यका साथ ‘डाक्टर मिट इक्सपोलोरिङ फाइनान्ससियल मार्केट’ नामक उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए भने उक्त कार्यक्रममा ३० जनाभन्दा बढी चिकित्सकको सहभागिता रहेकाे थियो ।
व्यस्त समय तथा सेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताएका थिए ।
सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले सेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय–समयमा सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्