Skip to content
Shikhar Insurance
National Life

तिन दिनपछि सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार बढेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजार आज भने बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.७३ अंक बढेर २०८८.७० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.२८ अंक, फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक बढेको छ।

नेप्से परिसूचक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८२ कम्पनीको ४६ हजार ७३१ पटकको कारोबारमा २ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको १४छ कम्पनकिो सेयर मूल्य बढेको छ ७२ कम्पनीको घटेको छ भने, ९ कम्पनकिो सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार सिटि होटलको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, मानुषी लघुवित्तको सेयरमूल्य ६.१५ प्रतिशत बढेको छ भने सिंगटी हाइड्रोपावरको सेयरमूल्य ५.९५ प्रतिशत बढेको छ। यस दिन बिपिडब्लु लघुवित्तको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लघुवित्तको सेयरमूल्य यस दिन १५५ रुपैयाँ ४० पैसा घटेर १ हजार ३९९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा सिटीजन इन्भेष्टमेण्ट ट्रस्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन १२ करोड १७ लाख रुपैयाँको बराबरको सेयर खरिदबिक्री भएको छ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सको ११ करोड ३८ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड ३३ लाख, शिवम् सिमेन्ट्को ११ करोड १६ लाख र सोलटी होटलको ७ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्