Shikhar Insurance
National Life

सन नेपाल लाइफ इन्स्योरेन्सलाई पनि प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति, प्रतिकित्ता कति ?

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १३:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबन)ले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई आज (असार १९ गते) प्रिमियम मूल्यमा कुल ९६ लाख कित्ता आईपीओ जारी गर्न स्वीकृति दिएको छ । जसमध्ये ४ लाख ८० हजार कित्ता कर्मचारीका लागि निष्काशन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्