Shikhar Insurance
National Life

रिलायबल इन्स्योरेन्सले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने, क-कस्ले आवेदन दिन सक्ने?

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १३:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यका सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन गर्न लागेको हो। त्यसपछि सर्वसाधारणलाई लगानीकर्ताहरुका लागि सेयर निष्काशन गर्नेछ ।

कम्पनीले अंकित मूल्यमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले सेयर निष्काशन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । विदेशमा रहेका नेपालीले प्रतिकित्ता २५७ रुपैयाँका दरले आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सकिनेछ।

सो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्