Shikhar Insurance
National Life

मटिहानी नगरपालिकाद्वारा किसानलाई कृषि सामग्री वितरण

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार ११:०९
Hyundai
NCELL
NIMB

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई सहयोगी कृषि सामग्री वितरण गरेको छ।

तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी–६ का ४० किसानलाई नगरपालिकाको कृषि शाखाले कृषि सामग्री वितरण गरेको हो । किसानलाई सिँचाइ प्रयोजनका लागि मोटर, डेलिभरी पाइप, औषधि छर्कने स्प्रे ट्याङ्की, गटोर स्प्रे, कोदालो, जैविक मल र भदौरे तरकारीको बीउसहितका सामग्री नगरप्रमुख हरिप्रसाद मण्डलले सोमबार वितरण गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मटिहानी–५ तरकारी उत्पादनमा जिल्लाकै ‘पकेट’ क्षेत्रका रूपमा मानिँदै आइएको छ । यहाँ करिब २० हेक्टर क्षेत्रफलमा ४० परिवार किसानले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका कृषि शाखा प्रमुख टङ्कप्रसाद उपाध्यायले जानकारी दिए।

मटिहानी–६ मा बर्सेनि न्यूनतम एक करोड मूल्यको तरकारी बिक्री हुँदै आएको शाखाले जनाएको छ । तरकारी खेतीमा लागेका किसानले खेतीका लागि आधारभूत कृषि सामग्री (बीउ, मल र कृषि ज्यावल/उपकरण) पाएपछि राहत महसुस गरेका छन् ।

कृषि शाखाले मखान खेतीका एक सय किसानलाई मखानको बजारीकरणमा सहयोग पुग्ने सामग्री वितरण गरेको थियो । नगरपालिकाबाट पाएको सहयोगले खेतीमा लाग्न थप हौसला मिलेको स्थानीय किसान मुसाफिर सहनीको भनाइ छ । मखान र तरकारी बालीका अतिरिक्त अन्न बालीका किसानलाई पनि यसअघि उन्नत बीउ, जैविक मल र कृषि ज्यावल वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्