काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज(असार १९ गते) बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालय, ठमेलमा आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र निष्काशन बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ।
कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो सेयरमा कुल १० लाख २४ हजार ४६ आवेदन परेको थियो। जसमध्ये २ हजार ८४८ आवेदन रद्द भएको छ भने १० लाख २१ हजार १९८ आवेदन स्वीकृत भएको छ।
जसअनुसार ६१ हजार ३१६ आवेदनकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी २ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्