Shikhar Insurance
National Life

अब मिन्त्रा फेसनका सामान नेपाल ई–कमर्स सस्तोडिलमा किन्न सकिने

सिंहदरबार संवाददाता
२०८० असार १९, मंगलवार १०:४४
Hyundai
NCELL
NIMB

काठमाण्डौ । नेपालको ई–कमर्स ब्रान्ड सस्ते डिल र भारतको फेसन, सौन्दर्य र जीवनशैली सम्बन्धि मिन्त्रा सँग साझेदारी सुदृढ गर्ने घोषणा गरेको छ । साझेदारीको एक भागकाे रूपमा सस्तोडिलले आफ्नो प्लेटफर्ममा मिन्त्रा को आइकनिक हाउस अफ ब्रान्डहरूबाट अफरहरू प्रवर्द्धन र बिक्री गर्ने विशिष्ट भूमिका खेल्नेछ । जसमा एचआरएक्स, रोवस्टर, अनुक, ड्रेसवेरी, एयर एण्ड नाउ, मस्ट एण्ड हार्वर लगायत धेरै प्रसिद्ध फेसन ब्रान्डहरू र लेबलहरू समावेश हुनेछन । यी चर्चित ब्रान्डहरूलाई नेपाली उपभोक्ताहरूको मोबाइल मार्फत सस्तोडिलले देशको फेसन उद्योगको परिदृश्यमा क्रान्ति ल्याउने लक्ष्य राखेको कम्पनीले बताएको छ।

नेपालको फेसन पारखिहरुको लागि ट्रेन्डिंग फेसनको पहुँचलाई सक्षम बनाउन उत्कृष्ट र महत्त्वपूर्ण कोसेढुङ्गा हो भन्दा फरक नर्पने सस्तोडिलको दाबी रहेको छ । स्तोडीलका सीईओ अमुन थापा भन्छन् “ब्यबसायिक विषयवस्तुहरु समेटेर, यो साझेदारीको सुदृढीकरण तीनवटा गतिशील चरणहरूमा खुल्नेछन । प्रारम्भिक चरणमा सस्तोडिलका ग्राहकहरूले बजार प्लेटफर्ममा इन्डियाका हजारौं ट्रेन्डी र विविध प्रकारका विशाल फेसन क्याटलगमा सिधै पहुँच प्राप्त गर्नेछन् । यो साझेदारीले नेपालभरका ग्राहकहरुले अनलाइन सपिंगको सुविधा र छनोटका नयाँ मापदण्डहरू सेट गर्दै अन्तराष्ट्रिय फेसन ब्राण्डमा ब्यापक छनोटहरु पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरि सस्तोडिलर मिन्त्राले थप अन्तराष्ट्रिय सपिंग प्रबन्धहरू अगाडि बढाउनेछ, जसले गर्दा नेपाली उपभोक्ताहरूका लागि अनलाइन सपिंगको नया अनुभव दिलाउनेछ । सस्तोडीलद्वारा मिन्त्राका धेरै ब्रान्डहरुको ब्राण्ड शोरूमहरू स्थापना गर्ने योजना समेत रहेको थापाले बताएका छन् ।

अनलाइन र अफलाइन दुवै माध्यमबाट सपिंग गर्ने व्यवस्थाले वास्तवमा समय हुने र नहुने दुवै ग्राहकहरुलाई किनमेल गर्ने माध्यमसँग सहजता प्रदान गर्ने, अग्रगामी सोच दृष्टिकोणले ग्राहकहरूलाई अत्याधुनिक समाधानहरू र असाधारण मूल्य प्रदान गर्न सक्दछ थापाले भनेका छन् ।

मिन्त्राको हाउस अफ ब्रान्डका वरिष्ठ निर्देशक निरज झाका अनुसार हामी नेपालको अग्रणी ई–कमर्स प्लेटफर्महरू मध्ये एक, सस्तोडिलसँगको यो साझेदारीबाट उत्साहित छौं, यसले हाम्रो लोकप्रियतालाई हाम्रो साझेदारको पहुँच मार्फत नेपालका ग्राहकहरु समक्ष थप बढावा दिनेछ भन्नेमा हामी विश्वस्त छौं । हाउस अफ ब्रान्ड्सबाट अफरहरु विस्तार गरेर, हामीले भारतीय फेसन उद्योगको सीमालाई पुनः परिभाषित गर्ने र सस्तोडलका ग्राहकहरूलाई अत्याधिक छनोट र गुणस्तरीय सामानहरुका साथ सशक्त बनाउने लक्ष्य राखेका छौं ।

सस्तोडिलका ग्राहकहरूले विश्व–स्तरीय फेसनमा अतुलनीय पहुँच, अतुलनीय सुविधा, र सजिलै किनमेल यात्राको अपेक्षा गर्न सक्ने कम्पनीको बिस्वार रहेको छ ।

यसका साथसाथै मिन्त्राका केही प्रख्यात ब्रान्डहरूले नेपाली बजारमा अभूतपूर्व स्थान हासिल गर्ने र आफ्नो विश्वव्यापी उपस्थितिलाई बलियो बनाउने समेत सस्तोडिलले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्