Shikhar Insurance
National Life

स्वास्थ्यमा थपिए २९५ नर्स, वीरमा २४५ अन्यमा ५० अस्पतालमा पदस्थापन

सिंहदरबार संवाददाता
२०८० असार १८, सोमबार १७:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । लामो समयदेखि नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २ सय ४५ जना नयाँ नर्स पाएको छ ।

लोक सेवा आयोगको लिखित र अन्तर्वार्ता उत्तीर्ण गरेर आएका २ सय ९५ जना नर्समध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ सय ४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ । बाँकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघीय अस्पतालमा खटाएको छ । नर्सिङ जनशक्ति अभावमा वीर अस्पतालले १० शय्याको आईसीयू सञ्चालन गर्न सकेको छैन।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यति ठूलो नर्सहरुलाई एकै पटक वीर अस्पतालमा पदस्थापन गरेको यो पहिलोपटक हो । नयाँ नियुक्त भएर वीरमा जान लागेका नर्सिङ जनशक्तिलाई स्वास्थ्य मन्त्रालयमा बोलाएर निर्देशन दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानवीय संवेदना जोडिएको क्षेत्र भएकाले नर्सिङ पेसा जागिर मात्र नभएको बताए ।

सेवाका हिसापले नर्सिङ जनशक्ति दोस्राे भगवान नै भएको बताउँदै गरिब र विपन्न विरामीको उपचारलाई सेवाको रुपमा लिएर अगाडि बढ्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिए नर्सिङ जनशक्तिलाई भविश्यमा उपयुक्त अवसर दिने काममा स्वास्थ्य मन्त्रालय पछि नपर्ने मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतको निर्देशनबाट अधिकांश नर्सहरु प्रोत्साहित भएका थिए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेल, देवकुमारी गुरागाईंलगायत अतिरिक्त सचिवहरू र मन्त्रालयका अधिकारीको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्