Skip to content
Shikhar Insurance
National Life

नेप्सेसँगै घट्यो कारोबार रकम, दुई लघुवित्तको सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन उच्च अंकले घटेको सेयर बजार यसदिन पनि घट्ने क्रमले निरन्तरता पाएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार २१.३२ अंक घटेर २,०७५.९७ को विन्दुमा झरेको छ । त्यस्तै, ठूूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.१७ अंक घटेर ३८६.३५ को विन्दुमा बन्द भएको छ ।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । दिनभरीमा २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर ४ अर्ब ५ करोड १० लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात आइतबार नेप्से ५३.७० अंक घट्दा ५ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्से घटेपनि यस दिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्था सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, सिटि होटलको ९.९८ प्रतिशत र अन्य कम्पनीहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। यस दिन लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ८.९५ प्रतिशत घटेको छ। त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ७.१३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको २३ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन सोल्टी होटलको २० करोड ९४ लाख, सिटीजन इन्भेष्टमेण्टको २० करोड ३३ लाख, शिवम् सिमेन्टको १८ करोड १८ लाख र एनएलजी इन्स्योरेन्सको १४ करोड ९ लाख रुपैयाँ भन्दा बढीको सेयरकारोबार भएको छ।

सोमबार १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्