Shikhar Insurance
National Life

एनएमबी बैंकले ल्यायाे अन्तरबैंक फन्ड ट्रान्सफर र नि:शुल्क डेबिट कार्ड

सिंहदरबार संवाददाता
२०८० असार १८, सोमबार ११:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबी बैंकले ग्राहकहरूका लागि दुई आकर्षक अफरहरू घोषणा गरेको छ । अफरमा ग्राहकहरूले इएनएमबी एप र वेबमार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् ।  चाहे परिवार र साथीहरूलाई पैसा पठाउने होस् वा व्यापारिक लेनदेन गर्ने होस्, यो अफरले ग्राहकहरूलाई सहज र प्रभावकारी रूपमा रकम ट्रान्स्फर गर्न सक्षम बनाउँछ । सो अफर साउन मसान्तसम्म लागू हुनेछ ।

साथै एनएमबी बैंकले असार २०८० सम्म ग्राहकहरूलाई निःशुल्क डेबिट कार्डसमेत जारी गर्ने भएको छ । एनएमबी बैंकका नयाँ वा विद्यमान ग्राहकहरूले कुनै पनि शुल्क बिना नै डेबिट कार्डहरू प्राप्त गर्न सक्नेछन् । एनएमबी बैंकले हाल देशभरि २ सय १ शाखा, १ सय ३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्