Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लुम्बिनी प्रदेशमा नयाँ एक्सटेन्सन काउन्टर

सिंहदरबार संवाददाता
२०८० असार १८, सोमबार ११:२७
Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका-२ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। यो सँगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टरहरू भएका छन्।

छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा छत्रदेव गाउँपालिकाका-२ का वडा अध्यक्ष शंखर पाण्डे, सोही वडाका पूर्ववडा अध्यक्ष राजेशकुमार पन्थी, वडा नम्बर ३ का वडा अध्यक्ष तेज प्रसाद खनाललगायत स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्