काठमाडाैं । प्रभु बैंक र वन्डर्स नेपाल प्रालिबीच महत्वपूर्ण बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरू सिर्जना हुने बैंकले जनाएकाे छ।
प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर मञ्जयराज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त अवसरमा प्रभु बैंकका वरिष्ठ बजार व्यवस्थापक शेखरराज वस्ताकोटी र निर्देशक पदमप्रसाद न्यौपानेको पनि उपस्थिति थियो । उक्त सम्झौताअनुरुप बैंकले वन्डर्स नेपाल प्रालिको परिसरमा एटिएम, क्युआर कोड, पोस मेसिनलगायतका विभिन्न बैंकिङ सेवा प्रदान गर्ने सहमति भएको छ ।
ग्राहकले वन्डर्स नेपाल प्रालिअन्तर्गत काठमाडौंको कमलादीस्थित स्काई वाक भ्यूटावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै यस बैंकबाट प्रदान गरिने बैंकिङ सेवाको सुविधासमेत लिन सक्नेछन् । यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस्