Shikhar Insurance
National Life

आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्छः अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०८० असार १८, सोमबार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न समाजवादी व्यवस्था महत्त्वपूर्ण हुने बताएका छन् ।

पार्टी निकट स्याङ्जा–काठमाडौं सम्पर्क मञ्चको १३औँ सम्मेलनमा अध्यक्ष नेपालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने बताए । राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उल्लेख गरे।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पार्टी पोलिटब्युरो सदस्य दिलु पन्तले सुशासन कायम गर्न संस्थागत वेथिति र भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिए। सम्मेलनले राजेन्द्र क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षद्वयमा विनिता ढकाल र सागर पङ्गेनी, सचिवमा कृष्णकुमार विक, सहसचिवमा विवेक भट्टराई र कोषाध्यक्षमा वुद्धिमान श्रेष्ठ छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्