Shikhar Insurance
National Life

मौद्रिक नीति कस्तो ? निरन्तर संवादमा गभर्नर, १२ प्रतिशत कर्जा विस्तारले पुग्ला ?

सिंहदरबार संवाददाता
२०८० असार १८, सोमबार १०:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्वि र बाह्य क्षेत्रमा पर्न सक्ने दबाबतर्फ सजक हुँदै नयाँ मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा गभर्नर अधिकारीले बाह्य क्षेत्र सन्तुलन, मुद्रास्फीति र सरकारले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर मौद्रिक नीति ल्याउने बताएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फीति कायम राख्ने लक्ष्य लिएको छ । त्यसको सेरोफेरोमा मौद्रिक नीति ल्याउने तयारी भैरहेको गभर्नरले बताएका हुन् । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले भने १२ प्रतिशतको कर्जा विस्तार नीति आवश्यक रहेको धारणा राखेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष अग्रवालले समग्र मागमा कमी आउँदा निजी क्षेत्रको मनोबल घटेको बताए । पहिले तरलताको अभाव हुँदा लगानी विस्तार गर्ने योजना उद्योगीहरुले स्थगित गरेको जानकारी गराउँदै हाल तरलता भएता पनि कर्जाको उच्च ब्याज तथा चालु पुँजी कर्जाका विभिन्न प्रावधानहरूका कारणले कर्जा लिन नसकेको बताए ।

उनले आगामी आर्थिक वर्षमा सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न, निजी क्षेत्रको मनोबल बढाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको अपेक्षा निजी क्षेत्रले गरेको बताए । लक्षित आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको कर्जा कम्तिमा १२ प्रतिशतले वृद्धि गर्नुपर्ने र कर्जा विस्तार गर्दा उत्पादमुलक क्षेत्रमा जोड दिनुपर्ने उनले बताए । उनले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन उत्पादनमूलक क्षेत्रमा जाने कर्जाको ब्याजदर कम हुनुपर्ने आवश्यक तापनि औंल्याए ।

उक्त भेटमा उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, अमित मोर, पदाधिकारी समितिका स्थायी आमन्त्रित सदस्य छाया शर्मा, राष्ट्रिय परिषद् सदस्यहरू अनलराज भट्टराई, प्राशी अग्रवाल सहभागी थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्