Skip to content
Shikhar Insurance
National Life

संस्कृति इन्टरनेसनल स्कुलद्वारा हल्चोकमा पहिलो फ्याब ल्याबको उद्घाटन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको अग्रणी शैक्षिक संस्था संस्कृति इन्टरनेसनल स्कुलले आफ्नो प्राङ्गण हल्चोक, काठमाडौंमा नेपालको पहिलो विद्यालय स्तरीय फ्याब ल्याब, “इन्फिनिटी फ्याबल्याब” को उद्घाटन गरेको छ।

उद्घाटनमा थ्रीडीआई स्कुल, न्युजिल्याण्डका अक्याडेमिक डिरेक्टर डा. क्रेग ह्यान्सनको उपस्थिति थियो । उनले यस प्रयोगशालाको स्थापनालाई देशको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण कदमको रूपमा उल्लेख गरे । उद्घाटन लगत्तै नयाँ फ्याब ल्याबको प्रदर्शनी भ्रमण कार्यक्रम गरिएको थियो। कार्यक्रममा सरकारी अधिकारीहरुलगायत विशिष्ट  व्यक्तिहरुको उपस्थिति थियो ।

प्रमुख अतिथिका रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिला देवी बज्राचार्यको उपस्थिति रहेको थियो भने वडा नं. १५ की शिक्षा विभाग प्रमुख मैया लक्ष्मी महर्जन र गीता माता स्रोत केन्द्र, वडा नं. १५ की स्रोत व्यक्ति डा.शर्मिला पोखरेलको पनि उपस्थिति थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालय (केयू) का विद्यालयका प्रमुखहरु तथा अभिभावक प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

संस्कृति इन्टरनेसनल स्कुलकी निर्देशिका दिप्ती आचार्यले भनिन, “संस्कृति इन्टरनेसनल स्कूलले यो स्तरको पहिलो फ्याब ल्याब खोल्न पाउँदा हामी अत्यन्तै खुसी छौँ । यो प्रयोगशालाको स्थापनाले नयाँ प्रविधिलाई बढावा दिन र विद्यार्थीहरूलाई अत्याधुनिक सिकाइ अवसरहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा महत्वपूर्ण भूमिका खेलेको छ ।

हामीले अत्याधुनिक प्रविधि र उपकरणहरूले सुसज्जित नविनतम प्रयोगशाला स्थापना गरेका छौँ, जहाँ विद्यार्थीहरूले डिजिटल निर्माण प्रक्रिया, थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स र अन्य धेरै कुराहरू एक्सप्लोर गर्न सक्छन् । फ्याब ल्याबले रचनात्मक प्रविधिको हबको रूपमा काम गर्नेछ र हाम्रा विद्यार्थीहरूलाई आफ्नो पूर्ण क्षमता उजागर गर्न, आवश्यक सीपहरू विकास गर्न र नयाँ आविष्कारका लागि प्रेरित गर्न सक्षम बनाउँछ ।”

फ्याब ल्याब अर्थात् फ्याब्रिकेसन ल्याबोरेटरजि यस्तो अत्याधुनिक प्रयोगशाला हो, जसले विद्यार्थीहरूलाई डिजिटल निर्माण प्रक्रिया, थ्रीडी प्रिन्टिङ, इलेक्ट्रोनिक्स, रोबोटिक्स, र अन्य धेरै क्षेत्रहरूको बारेमा विस्तिृत रुपमा बुझ्न उपकरण र प्रविधिहरूमा पहुँच प्रदान गर्दछ । यस नयाँ फ्याब ल्याबको स्थापनासँगै संस्कृति इन्टरनेसनल स्कुलले आफ्ना विद्यार्थीहरूलाई ह्यान्ड्स–अन, इण्टर्डिसिप्लिनरि लर्निङ्गको अनुभवका साथै, सिर्जनात्मक, नवीनतम र समस्या समाधान गर्ने सीपहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्