Shikhar Insurance
National Life

सिवाईसी नेपाल लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८० असार १७, आईतवार १६:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच मर्जर पश्चात कायम हुन आएको सेयर नेप्सेमा सूचीकृत भएको छ । दुई लघुवित्त मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्तको नाममा १० लाख ८२ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले १ हजार १७१ रुपैयाँ ओपनिङ्ग मूल्य तोकिएको छ । सोहि अनुसार सोमबारदेखि लघुवित्तको सेयर कारोबारमा आउनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साविकको आँधिखोला लघुवित्तको सेयर सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।

साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच १ः०.७० को अनुपातमा मर्ज हुदाँ कायम हुन आएको सो बरारबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का रहेको लघुवित्तको सेयर कारोबार पनि फुकुवा गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्