Shikhar Insurance
National Life

गोदरेजकाे नयाँ इन्भरटर एअर कन्डिसनर नेपाली बजारमा

सिंहदरबार संवाददाता
२०८० असार १७, आईतवार १३:२८
Hyundai
NCELL
NIMB

काठमाडाैं । इन्डियाको नम्बर १ रेफ्रिजिरेटर ब्रान्ड गोदरेजले नयाँ इन्भरटर एअर कन्डिसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

गोदरेज इन्भरटर एसी सबै मौसमका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । गोदरेज इन्भरटर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदूषण, किटाणुहरु ९९.९५ सम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्छ । यस एसी आर३२ इको रेफ्रिजिरेन्ट भएको र ५२डिग्री सम्मको तापक्रममा पनि कुलिङ गर्न सक्ने क्षमता रहेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यस एसीले बिजुली बचत गर्नुका साथै छिटो तातो र मौससअनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ । गोडरेजको यस एअर कन्डिसनरमा १० वर्षको इन्भरटर कम्प्रेसर वारेन्टी छ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। नेपाल अधिराज्यभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी इओएल रहेको छ ।

सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल र अनलाइन सपिङ साइट cgdigital.com.np मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, कीर्तिपुर, रविभवन, हात्तीगौंडा, त्रिपुरेश्वर, नयाँबजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा छन् भने ४० भन्दा बढी नेपालभरी छरिएका सर्भिस सेन्टरहरुबाट उत्कृष्ट बिक्रीपश्चात सेवा पनि प्रदान गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्