Shikhar Insurance
National Life

समाज लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनस कति ?

सिंहदरबार संवाददाता
२०८० असार १७, आईतवार १२:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्त असार ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तले हाल कायम चुक्ता पूँजी २ करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.७५ प्रतिशतले हुन आउने १ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्