काठमाडाैं । आइतबार नेपाली बजारमा सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्