Shikhar Insurance
National Life

माल्टा पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा युवराज लिम्बु पक्राउ

सिंहदरबार संवाददाता
२०८० असार १५, शुक्रबार १७:०६
Hyundai
NCELL
NIMB

काठमाडौं। माल्टा पठाइदिन्छु भन्‍दै ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ धापासी बस्‍ने ३८ वर्षीय युवराज लिम्बु छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुलबाट पक्राउ गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ । उनले पीडितहरुलाई रोजगारीको लागि माल्टा पठाइदिने भन्‍दै रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्