Skip to content
Shikhar Insurance
National Life

तनहुँका व्यावसायिक कृषक अधिकारीलाई प्रदेश उत्कृष्ट कृषि पुरस्कार

Hyundai
NCELL
NIMB

दमौली । तनहुँका व्यावसायिक पशुपालक कृषकले ‘प्रदेश उत्कृष्ट कृषि पुरस्कार’ प्राप्त गरेका छन् । भानु नगरपालिका–१२ स्थित मिर्लुङ बहुउद्देश्यीय कृषि फर्म प्रालिका सञ्चालक कुशलचन्द्र अधिकारीले गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत् उत्कृष्ठ कृषि पुरस्कार प्राप्त गरेका हुन्।

उक्त पुरस्कारको राशि ३० हजार रहेको छ । धान दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री महेन्द्रध्वज जिसीले उक्त पुरस्कार प्रदान गरेका छन्। कृषि तथा पशुपालनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।

स्नातकोत्तर अध्ययन गरेका अधिकारीले घलेछापमा बाख्रापालन गर्दै आएका छन्। कृषिबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सोचसहित बाँझो जग्गाको प्रयोग गरी उनले बाख्रापालन गरेका छन्।

उनको फार्ममा ६५ बाख्रा, १२ भैँसी, एउटा ब्याडे राँगो छ । ३० वर्ष बहराइनमा रोजगारी गरेका बुबाको प्रेरणाले यो व्यवसायमा लागेको अधिकारीले बताए। पर्यटन व्यवसायमा लागेका अधिकारी उक्त व्यवसाय छाडेर काठमाडौंबाट गाउँ फर्किएका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्