Skip to content
Shikhar Insurance
National Life

सनी सेक्युरिटिजद्वारा त्रिवेणी इन्टरनेसनल कलेजमा सेयर बजारसम्बन्धी साक्षरता कार्यक्रम

Hyundai
NCELL
NIMB

काठमाडौं । सनी सेक्युरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत असार १३ गते बुधबार पोखराको लेखनाथस्थित त्रिवेणी इन्टरनेसनल कलेजमा आधारभूत सेयर तालिम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा ९८ जनाको सहभागिता थियो।

तालिम कार्यक्रममा विशेष गरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो सेयरबाट प्राथमिक बजारमा आइपीओमार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अनलाइन सेयर कारोबारबारे सिकाइयाे ।

सेयरबारे विशेष जानकारी समेटिएकाले विद्यार्थीहरूलगायत नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको कुरा तालिका सहभागीहरूले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए ।

साथै साइन्टिफिक बिजनेस हव प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्रसम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकास गर्ने सो तालिम कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ ।

तालिम साइन्टिफिक बिजनेस हवको सहकार्यमा सम्पन्न भएको थियो । सेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमकाबीच दोस्रो बजारमा कारोबार गर्नुपरेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्