Skip to content
Shikhar Insurance
National Life

अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा  वकिल लामिछाने पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एकजना वकिललाई पक्राउ गरेको छ ।

अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

अदालतको मिसिल नदिएको भन्दै उनले कुटपिट गरेको आरोप लागेको प्रहरीले जनाएको छ । फोटोकपी लिएर जान अनुरोध गर्दा पनि नमानेको बताइएको छ ।

उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा अघि बढाउने प्रहरीले जनाएको छ । आज सार्वजनकि बिदा भएकाले भोलिमात्रै म्याद थप हुने कार्कीले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्