भरतपुर । सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।
अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध भएको थियो । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन अवतजावत गर्छन् ।
प्रतिक्रिया दिनुहोस्