Skip to content
Shikhar Insurance
National Life

रोटरी क्लब मकवानपुरद्वारा हेटौंडा अस्पताललाई ८८ लाखको सामग्री हस्तान्तरण

Hyundai
NCELL
NIMB

हेटौंडा । मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको हेटौंडा अस्पतालका लागि रोटरी क्लब मकवानपुरले ८८ लाख ६० हजार ४ सय रूपैयाँ बराबरको मुटुरोगको उपचारसम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ । जिल्लामा नै मुटुरोगसम्बन्धी उपचार गराउने उद्देश्यले क्लबले अस्पताललाई उक्त उपकरण खरिद गरी हस्तान्तरण गरेको हो ।

उपकरण उपलब्ध भएपछि मुटुसम्बन्धी रोगको उपचारका लागि अब जिल्ला बाहिर जानु नपर्ने प्रतिष्ठानका रजिष्टार राजेश प्रसाइले बताए। क्लबले अस्पतालका लागि टिएमटी स्क्यान, इसिजी मेसिन, होल्टर सिस्टम मेसिनलगायत सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिए।

अस्पतालको सेवामा थप थप प्रभावकारी बनाउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको रोटरीका अध्यक्ष कृष्ण कार्कीले बताए। सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा अस्पतालका प्रमुख डा. रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टलगायतको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्