काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गर्ने ठेकेदार विरुद्ध मुद्धा दायर गरेको छ । विभागले नक्कली भ्याट प्रयोग गर्ने सन्तोषी।लोहनी जेभी र सन्तोषी निर्माण सेवाका सञ्चालक केशबराज कँडेलसहित तीन जना विरुद्ध मुद्धा दायर गरेको हो ।
विभागले कँडेल, उज्वलराज कँडेल र लक्ष्मी कुमारी कँडेल विरुद्ध मुद्धा दायर गरेको हो । उनीहरु विरुद्ध विभागले एक करोड ८९ लाख २७ हजार एक सय १२ रुपैयाँ विगो दावीसहित उच्च अदालत पाटनमा मुद्धा हालेको हो ।
प्रतिक्रिया दिनुहोस्