Shikhar Insurance
National Life

चार्टर्ड एकाउन्टेन पेसालाई विश्वसनीय साझेदारका रूपमा परिभाषित गर्न आवश्यकः गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८० असार १४, बिहीबार १४:११
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौंमा आज बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेसा चार्टर्ड एकाउन्टेन रहेको बताएका छन् ।

आज नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सीएको पढाइले विभिन्न संस्कृति र व्यावसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रविधिको विकाससँगै चार्टर्ड एकाउन्टेनको काम पछिल्लो समय महत्वपूर्ण हुँदै गएको उनले बताए । चार्टर्ड एकाउन्टेन पेसालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, “नेपाल र विदेशका सबै सहभागी प्यानल र पेपर प्रस्तुतकर्ताहरूलाई म सन्देश दिन चाहन्छु कि भविष्यमा हाम्रो पेसाको लागि राम्रो र सम्भावना छ ।” उनले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रूपमा नै चार्टर्ड एकाउन्टेनको विकास र बिस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्