Skip to content
Shikhar Insurance
National Life

२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध उत्रिए ट्याक्सी तथा चालक व्यवसायी

Hyundai
NCELL
NIMB

काठमाडाैं। राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघले विरोध प्रदर्शन गरेको छ। बिहीबार बिहान विरोध जनाउँदै उनीहरूले र्‍याली निकालेका हुन्।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, लगायत माग राखेका छन् ।

‘२० वर्षे अवधि खारेज गर’ लगायत माग राखेर उनीहरूले र्‍याली निकालेका हुन्। कलंकी बाफल चोकबाट र्‍याली निकालिएको हो। उक्त र्‍याली चक्रपथ परिक्रमा गर्नेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्