काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई पनि सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन्।
मेयर बालेनले निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा नदिएको गुनासो आएको भन्दै फेसबुकमार्फत सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन निर्देशन दिएका हुन्।
उनले सरकारी विद्यालयको तलब स्केलसमेत सार्वजनिक गरेका छन् । उनले सरकारी विद्यालयको तलब स्केलसरह सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्