Shikhar Insurance
National Life

नमस्ते पे प्रयोगकर्ताले अब फोनपे नेटवर्कमार्फत क्यूआर भुक्तानी गर्न सक्ने

सिंहदरबार संवाददाता
२०८० असार १३, बुधबार १८:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । क्यूआरबाट भुक्तानी सेवा उपलब्ध गराउनका लागि फोन पे र नमस्ते पेबीच सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतासँगै नेपालको अग्रणी पेमेन्ट नेटवर्कका रूपमा रहेको फोन पेको क्यूआर पेमेन्ट सुविधा नमस्ते पेमा पनि उपलब्ध भएको छ ।

अब, नमस्ते पेका प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गरेर पनि भुक्तानी गर्न सक्नेछन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रवीणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नमस्ते पे प्रयोगकर्ताले नेपालभरका १२ लाखभन्दा बढी फोनपे मर्चेन्टमा फोनपे नेटवर्कमार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यूआर भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

सम्झौतामा हस्ताक्षर गरेपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले नमस्तेपे फोन पेमा जोडिएसँगै भुक्तानी सेवा अझैं सहज बन्ने बताएका छन् ।

कार्यक्रममा उनले भने,“फोन पेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । अब नमस्ते पे प्रयोगकर्ताले फोन पे क्यूआर मार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौँ कि नमस्ते पेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ ।”

कार्यक्रममा नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गर्दै डिजिटल भुक्तानी सरल बनाउन प्रयासरत भएको बताएका छन् ।

उनले भने, “फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्तालाई १२ लाखभन्दा बढी मर्चेन्टमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ।”

उनले अहिले नमस्ते पेमा युएसएसडी प्रणालीबाट अफलाइन भुक्तानीको सुविधा रहेको बताउँदै यसलाई भोलिका दिनमा थप विस्तार गर्ने बताएक छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्