Shikhar Insurance
National Life

सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिक भवन निर्माण गर्न १ लाख सहयाेग

सिंहदरबार संवाददाता
२०८० असार १३, बुधबार १७:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालगन्जको धम्बोजीस्थित एक ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरूको समस्याहरूलाई एउटै छानामुनि सम्बोधन गर्न लागि सो क्लब निर्माण गरिएको हो ।

एक कार्यक्रमबीच बैंकले १ लाख १ हजार रुपैयाँको चेक संस्थाका अध्यक्ष अजितकुमार शर्मालाई हस्तान्तरण गरेको छ । ज्येष्ठ नागरिक क्लबमा १ सय ६५ जना सदस्य रहेका संस्थाका अध्यक्ष शर्माले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिटिजन्स बैंक इन्टरनेसनलले धारापानी शाखासहित देशैभरी फैलिएका आफ्ना १ सय८४ वटा शाखा, १ सय ४१ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट करिव १५ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्