Shikhar Insurance
National Life

असार १५ गतेदेखि ‘प्रेम गीत ३’ डिसहोममा प्रदर्शन हुँदै

सिंहदरबार संवाददाता
२०८० असार १३, बुधबार १७:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिसहोममा विशेष प्रदर्शन हुने भएको छ । विभिन्न कारणवश हलसम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अब डिसहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नुहुनेछ ।

‘प्रेम गीत ३’ यही असार १५ गते शुक्रबारदेखि सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राति १० बजे प्रदर्शन हुनेछ ।
यस्तै डिसहोमको एक्सभोडमा पनि यो चलचित्र उपलव्ध हुनेछ । एक्सभोडमा यो चलचित्र उपलव्ध भए पछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । एक्सभोड डिसहोमको सेटटप वक्समा उपलव्ध रहेका फिचर हो । यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप बक्समा वाइफाई डंगोल वा लन केबल जोडेर इन्टरनेट जोड्नुपर्ने हुन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डिसहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफूले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्