Shikhar Insurance
National Life

घटेको बजारमा हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, ८३ करोडमाथि कारोबार,अन्य कुनको कति?

सिंहदरबार संवाददाता
२०८० असार १३, बुधबार १५:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारेबारको दिन सेयर बजार उच्च अंबले घटेर बन्द भएको छ । गत साताको बिहबिारदेखि निरन्तर बढेको बजार बुधबार भने घटेर बनद भएको छ ।

बुधबार सेयर बजार ३५ अंकले घट्दा सेयर लगानीकर्ताहरु हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा झुम्मिएका छन् । यसदिन कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको ८३ करोड ७० लाख भन्दा बढी सेयर कारोबार भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, शिवम् सिमेन्टको २८ करोड २२ लाख, सोल्टी होटलको २३ करोड ५६ लाख, एशियान लाइफ इन्स्योरेन्सको १९ करोड ५० लाख र आइजीआईको १७ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँच भित्र रहेको छ ।

बुधबार नेपाल सटक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५.३७ अंक घटेर २,१५०.९९ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठूला कम्पनकिो सेयर मापक सेन्सेटिभ यण्डेक्स पनि ९.७६ अंक घटेर ४०२.७५ को विन्दुमा झरेको छ ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । दिभरीमा २८० कम्पनीको ८२ हजार ३५९ पटकको कारोबारमा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार नेप्से ५६.९४ अंक बढ्दा ५ अर्ब ४७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । कारोबारमा आउको ३६ कम्पनीको सेयर मुल्य बढेको छ । १८८ कम्पनीको घटेको छ भने, १ कम्पनीको सेयर मुल्य स्थिर छ ।

१३ उपसमूहमध्ये यस दिन जीवन बीमा उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक २.४६ प्रतिशत बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेका अनुसार बुधबार दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन लाइफ इन्स्योरेन्स र बिपिडब्लु लघुवित्त वित्तीय संस्था सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन सिटि होटलको ९.९९ प्रतिशत, सामुदायिक लघुवित्तको ८.१६ प्रतिशत र शुभम पावरको ८.११ प्रतिशत सेयर मुल्य बढेको छ। कारोबारमा आएको ईङ्वा हाइड्रोपावर, खप्तड लघुवित्त वित्तीय संस्था र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्