Shikhar Insurance
National Life

करिब ५७ अंकले बढ्यो नेप्से, दुई दर्जनभन्दा बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० असार १२, मंगलवार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । मंगलबार सेयर बजार उच्च अंकले बढ्दा दुई दर्जनभन्दा बढी अर्थात २५  कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्। त्यसैगरी, अन्य १८ स्टकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार १३ वटा उपसमूह मध्ये १० वटा समूह बढेको छ भने ३ वटा घटेको छ । यसदिन माइक्रोफाइनान्सतर्फ लगानीकर्ताहरुको आकर्षण बढेको छ । यसदिन माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक ८.९६ प्रतिशतले बढेको छ । त्यसैगरी फाइनान्स समूहको परिसूचक ४.४४ प्रतिशत र बैंकिङ समूहको परिसूचक ३.९३ प्रतिशतले बढेको छ । भने, व्यपार समूहको परिसूचक सबैभन्दा बढी ०.६६ प्रतिशतले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ५६.९४अंकले बढेर २,१८६.३६ को विन्दुमा पुगेको छ ।यस दिन सेन्सेटिभ इण्डेक्स ३.३६ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ प्रतिशत बढेको छ।

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यसदिन दिनभरीमा २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर ५ अर्ब ४७ करोड ६२ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन नेप्से ११.६९ अंक बढ्दा ५ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । कारोबाबरमा आएको १८७ कम्पनीको सेयर मूल्य बढेको छ । ३४ कम्पनीको घटेको छ भने, ४ कम्पनीको सेयर मुल्य स्थिर छ ।

नेप्सेका अनुसार यसदिन सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मुल्य सबेभन्दा बढी ३.८८ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा स्ववालम्बन लघुवित्त शीर्ष स्थानमा छ । लघुवित्तको २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै, शिवम् सिमेन्टको २२ करोड ६३ लाख, सोल्टी हहोटलको २२ करोड ४२ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १३ करोड १४ लाख र हिमालयन डिस्टिलरीको १२ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँच भित्र रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्