Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंक र वित्तीय निगमद्वारा कर्मचारीलाई जोखिम व्यवस्थापन तालिम

सिंहदरबार संवाददाता
२०८० असार ११, सोमबार १७:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगमद्वारा कर्मचारीहरूलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न गरेको छ । निगमले ग्लोबल आइएमई बैंक लिमिटेड र कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीहरुलाई उक्त तालिम दिएको हो ।

सो तालिम ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्तीय निगमको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रम विशेष गरेर आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आइएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले सञ्चालन गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत शुसासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि भई समग्र बैंकिङ क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्