Skip to content
Shikhar Insurance
National Life

कृषिमा आत्मनिर्भर बनाउनका लागि  तिलागुफा नगरपालिकाले ल्यायो पशुपैचो कार्यक्रम

Hyundai
NCELL
NIMB

मान्म । कालीकोटको तिलागुफा नगरपालिकाले पशुपैचो कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरको १३औँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पशुपैचो कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले जानकारी दिए।

कृषि क्षेत्रमा पशुपालन वृद्धि गर्ने उद्देश्यले पशुपैचो कार्यक्रममा सञ्चालनमा ल्याइएको उनको भनाइ छ । तिलागुफा नगरपालिकामा गाईभैँसी, भेडाबाख्रा पालन र चरन क्षेत्र राम्रो छ ।

“नगरपालिकाले भौतिक संरचना निर्माण, स्वास्थ्य बीमालाई निरन्तरता, कृषि क्षेत्रको विकासका लागि पशुपैचोसहित वृहत् सिँचाइ आयोजना सञ्चालनमा ल्याउने नीति लिएको छ”, उनले भने, “यी कार्यक्रमले नगरपालिका भित्रको विकास र समृद्धि गर्ने लक्ष्य राखेका छौंँ ।”

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आवमा भएका सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रममा पशुपैचो, एक घर पाँच फलफुल बिरुवा कार्यक्रम सञ्चालन गरिने नगर उपप्रमुख महेन्द्रबहादुर शाहीको भनाइ छ । “भौतिक संरचना निर्माण, खानेपानी सञ्चालन, लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकता दिइएको छ”, उनले भने, “स्थानीय रैथाने बालीको संरक्षणका लागि भटमास, कोदो, सिमी, कागुनो र फापर खेतीलाई जोड दिन किसानलाई प्रोत्साहन गरिनेछ ।”

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६३ करोड ११ लाख ५४ हजार आठ सय २२ करोडको बजेट ल्याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्