Shikhar Insurance
National Life

बैंक र बिमा कम्पनीहरूलाई बालेनले पनि थपिदिए कर, कसलाई कति कर ?

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार २०:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूलाई करको भार थपिदिएका छन् । मेयर बालेनले वाणिज्य बैंकहरुको केन्द्रीय कार्यालका लागि एक लाख कर थपिदिएका छन् भने बिमा कम्पनीको केन्द्रीय कार्यालयले ५० हजार रुपैयाँ तिर्नुपर्नेछ ।

वाणिज्य बैंकका शाखा कार्यालयहरूले ५० हजार कर तिर्नुपर्नेछ भने विस्तारित काउन्टरले २० हजार रुपैयाँ कर तिर्नुपर्नेछ । विकास बैंकका केन्द्रीय कार्यालयले ७५ हजार, शाखाले ४० हजार र विस्तारित काउन्टरले १५ हजार रुपैयाँ तिर्नुपर्नेछ । बिमा कम्पनीका केन्द्रीय कार्याले ५० हजार र शाखा कार्यालयहरूले प्रतिशाखा २० हजार रुपैयाँ कर तिर्नुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौं महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको आर्थिक ऐनमा नयाँ करका दरहरु थपिएको हो । बैंक तथा बिमा कम्पनीहरुको दर्जनौं कार्यालयहरू काठमाडौं महानगरपालिका भित्र छन् । प्रत्येक शाखाले अब छुट्टाछुट्टै व्यवसाय कर तिर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्