काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन आयोजित आठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा असार ८ र ९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजित आठाैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउनका लागि बैंकले प्रायोजन सहयोग गरेको हो । नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १ सय ३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक छन् ।
प्रतिक्रिया दिनुहोस्