Shikhar Insurance
National Life

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार १६:२०
Hyundai
NCELL
NIMB

काठमाडाैं। ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमान छ। उपप्रमुख शाक्यका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुनेछ। यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगरले बजेटमा सडक पूर्वाधार र सम्पदामा जोड दिएको छ। यस्तै विपद् व्यवस्थापन डीआरआर सवसेन्टर स्थापना तथा संचालन, पाटन दरबार इलिमिनेसन प्रोजेक्ट-हरियालीरपार्क निर्माणमा जोड दिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्