Skip to content
Shikhar Insurance
National Life

एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र बिष्टविरुद्ध भ्रष्टाचार मुद्दा, मेयर हुँदा ठेकेदार पोसेको आरोप

Hyundai
NCELL
NIMB

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्रबहादुर बिष्ट र दुई प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, तत्कालीन नि। प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, वडा नम्बर १७ का वडाध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखाअधिकृत नरबहादुर शाह, इन्जिनियर हिमालय सिंह ऐर र गोविन्द राज उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा भवानी कन्स्ट्रक्सन प्रालिलाई नियम विपरित छुट दिएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

तत्कालीन मेयर विष्ट र प्रशासकीय अधिकृत भट्टले ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको अख्तियारको ठहर छ। उनीहरूसँग दोब्बर जरिवाना र कैद सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

यस्तै कन्स्ट्रक्शनका संचालकहरूविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो। इश्वरी प्रसाद भट्टको मृत्यु भइसकेको हुँदा बिगो रकम उनकी श्रीमतीबाट तिराउनुपर्ने माग अख्तियारले गरेको छ ।

बिष्ट नेकपा एमाले कञ्चनपुरको अध्यक्ष हुन् । उनी २०७८ को जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्