Shikhar Insurance
National Life

हेटौंडा बजारमा डोजर चल्दै, सयौं घर भत्किने, ५० मिटरको बाटो बन्ने

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । अन्ततः हेटौंडा बजार क्षेत्रमा डोजर चल्ने भएको छ । हेटौँडा बजार क्षेत्रमा सडक मिचेर निर्माण भएका भवन तथा अन्य संरचनाहरु हटाउन पटक पटक प्रयास गरिए पनि त्यो सम्भव भएको थिएन । तर अब भने हेटौँडा उप महानगरपालिका र सडक डिभिजन कार्यालयले डोजर चलाउने अन्तिम तयारी थालेका हुन् ।

सडक डिभिजन कार्यालयले आइतबार ३५ दिने सूचना प्रकाशित गरेको छ । सो अवधीमा सडक मिचेर निर्माण गरिएका संरचनाहरु नहटाए ३६ औं दिनमा डोजर चलाउने र त्यसको खर्च समेत निर्माणकर्ताबाटै असुल्ने स्पष्ट पारिसकेको छ । सूचना अनुसार हेटौंडा उप महानगरपालिका–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तिपुलसम्मका सडक भत्काइनेछ । सो खण्डमा सयौं घर तथा व्यवसायीक भवनहरु छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सडक डिभिजन कार्यालयका अनुसार सडकको दायाँ बायाँ २५/२५ मिटर खण्डमा रहेका भौतिक संरचनाहरु भत्काइनेछ ।  हेटौंडामा सडक विस्तारको बिषय लामो समयदेखि राजनीतिक रुपले पेचिलो बन्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्