Skip to content
Shikhar Insurance
National Life

नेसनल लाइफको दमकमा बृहत् अभिकर्ता तालिम

Hyundai
NCELL
NIMB

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार दमकस्थित प्रिएमडीआरटी सम्मान तथा बृहत् अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोसी प्रदेशमा रहेका शाखा कार्यालयहरुसँग आबद्ध भई बिमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गराई एमडीआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त अवसरमा उपस्थित करिब ७ सय जना अभिकर्तालाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पूरा गराउने उद्देश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए ।

कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमनकुमार राईले सञ्चालन गरेको सो समारोहमा समयभन्दा अगावै एमडिआरटीको लक्ष्य पूरा गरी सकेको दमक शाखाअन्तर्गतका अभिकर्ता रीता राई शेर्मा तथा उर्लावारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान गरेका थिए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धि गर्न आजको तालिम सार्थक रहेको प्रतिक्रिया व्यक्त गरेका थिए । साे कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले आफ्नै थलोमा आई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्