Shikhar Insurance
National Life

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड ७८ लाखको बजेट

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार १४:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । नगरसभामा आइतबार बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट विनियोजन गरेको बताएकी छन् ।

महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने उपप्रमुख डंगोलले बताइन्। महानगरले चालुतर्फ ८ अर्ब ६१ करोड ५४ लाख विनियोजन गरेको छ भने पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब हुनेछ। यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ। त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ।

महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्