Shikhar Insurance
National Life

सिमकोटको नीति तथा कार्यक्रम सार्वजनिकः  अर्गानिक उत्पादनदेखि नगर प्रहरीसम्म

सिंहदरबार संवाददाता
२०८० असार १०, आईतवार १४:०५
Hyundai
NCELL
NIMB

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले शनिबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सिमकोट गाउँपालिकाको सातौँं गाउँसभाको आयोजना गरिएको नीतिमा १६ क्षेत्रलाई प्राथमिकता दिएर नीति प्रस्तुत गरिएको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सिमकोटको नीति तथा कार्यक्रममा आगामी वर्षदेखि भवन मापदण्ड लागू गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका सुत्केरीका लागि पोषण थैली, रैथाने बाली (चिनो, कागुनो, सिमिदेखि) को बजार व्यवस्थापन जस्ता कार्यमा नयाँ कार्यक्रम लागू गरेको सिमकोटले पालिकाको सरसफाइमा परिचलान गर्न नगर प्रहरी गठन गर्ने, सिमकोट भएर कैलास मानसरोवर तीर्थ जाने तीर्थालुलाई एक दिन सिमकोटमै बस्ने वातावरण तयार पार्ने नीति सिमकोटले लिने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘उच्च हिमाली, विविधतायुक्त, व्यापारिक र पर्यटकीय सहरः समृद्ध हाम्रो सिमकोट नगर” बनाउने दीर्घकालीन सोच, नेपाल सरकारको पन्ध्रौँ योजना, दिगो विकासका लक्ष्य, सङ्घ र प्रदेश सरकारको बजेट तथा प्राथमिकता र गाउँबासीका आधारभूत आवश्यकता पूरा गर्ने अभियानप्रति पूर्ण प्रतिबद्ध सिमकोटले नीति तथा कार्यक्रम प्राथमिकताका आधारमा तय गरेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए।

‘समृिद्धको मूल आधार, सुरक्षित गाउँ  सडक विस्तार”, ‘सुरक्षित आवास र व्यवस्थित निवास’, ‘एक गाउँ एक विशेष उत्पादन’, शिक्षालाई सीपसँग, सिपलाई श्रमसँग, जस्ता नारासहितको नीति तथा कार्यक्रम ल्याएको सिमकोटले विद्यालयका प्रधानाध्यापकलाई खुला प्रतिस्प्रधाबाट ल्याउने नीति अघि सारेको छ । पालिकामा सञ्चालित सञ्चार माध्यमलाई सूचीकरण गरेर व्यवस्थित गर्ने नीति अघि सारेको सिमकोटले आगामी वर्ष साक्षर गाउँपालिका घोषणा कार्यक्रम जस्ता नीतिलाई अघि सारेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्